साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालको सानदार जित

काठमाण्डू । बगंलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले सानदार जित हात पारेको छ ।
आज बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु भएको श्रीलंकासँगको खेलमा नेपाल ७-० को फराकिलो अन्तरले विजयी भएको हो ।
प्रतिगिता डबल राउन्ड रोबिन लिगको आधारमा भएकोले नेपालले श्रीलंकासँग यो दोस्रो पटक खेलेको हो । पहिलो खेलमा पनि नेपालले श्रीलंकालाई ७-० ले नै पराजित गरेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा गएको शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालको ४ खेलमा ९ अंक भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय