RayNewsDaily
करेन्ट लागेर कामदारको मृत्यु    

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।     

कावासोती-३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा-२ घर भई हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।     
     
ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update