RayNewsDaily
हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली   

काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियातमा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ ।    
    
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताउनुभएको छ ।    
    
“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।    
    
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर र उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर दुवै नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update