माछा मार्न गएका युवकलाई गोहीले मार्यो

भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका-८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए । रासस
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय