प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन   
                        
                        
                                                
                                            
                                                                    काठमाण्डू, २०८२ जेठ २२ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग-२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।    
    
गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग-२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिनुभएको हो ।    
    
गए राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । रासस  
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १०:४१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    