RayNewsDaily
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ जना घाइते        

डोटी । केआईसिंह गाउँपालिका-५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् ।     
     
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।     
     
दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।     
     
दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update