RayNewsDaily
सिटीलाई लगातार तेस्रो पटक प्रिमियर लिगको उपाधि

लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति दोस्रो स्थानको आर्सनलले नटिङघम फरेस्टसंग १–० को हार बेहोरेसँगै सिटी सातौं पटक प्रिमियर लिग च्याम्पियन बनेको हो । फरेस्टको जितमा ताइवो अवोनियीले एक मात्र निर्णायक गोल गर्नु भयो । अवोनियीले खेलको १९ औं मिनेटमा गोल गर्नु भएको थियो । यस हारसँगै आर्सनलको उपाधि होड समाप्त भएको छ ।


सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सिटी प्रिमियर लिगको तीन खेल बाँकी रहदै उपाधि उचालेको हो । सिटीले आइतबार चेल्सीसँगको खेलपछि प्रिमियर लिगको ट्रफी उचाल्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update