RayNewsDaily
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु   

काठमाण्डू । काठमाण्डू  महानगरपालिका-२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”    
    
आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । रासस   

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update