RayNewsDaily
टी -२० विश्वकपको एसिया छनोट नेपालमा 

काठमाडौं । सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजनजा हुने आईसीसी टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।

आइसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

एसियाको छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई टोली छनोट चरण पार गरेर गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्  । प्रतियोगिताका खेलहरू टियु र मुलपानीमा आयोजना हुने क्यानले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update