काठमाण्डू । सेप्टेबर २ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसासँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार यस वर्ष जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव र नयाँ दक्षिण अफ्रिका स्थापना भएको ३० औँ वार्षिकोत्सव हो। अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तित हुँदै गएको पृष्ठिभूमिमा यी दुबै राष्ट्रहरुले आधुनिकीकरण खोज्ने कार्यभार,चीन र अफ्रिका सहयोगलाई प्रवर्द्धन गर्ने कल्पना, ग्लोबल व्यवस्थापनलाई पूर्णता दिलाउने इच्छा परिवर्तन भएको छैन। नयाँ युगको यात्रामा चीन र दक्षिण अफ्रिकाले आपसी सहयोगलाई मजबुत बनाउनु नै दुबै राष्ट्रहरुका जनताको संयुक्त कल्पनासित अनुकूल छ। राष्ट्राध्यक्ष सीले दुबै राष्ट्रहरुबीचको सम्बन्धलाई नयाँ युगमा चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धसम्म उकास्ने निर्णय प्रस्ताव गर्नुभएको छ। सीएमजी