RayNewsDaily
पत्रकार किशोर श्रेष्ठ पक्राउ

रे समाचार/काठमाण्डू । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको छ । 

 प्रहरीले आज साँझ ललितपुरको कुसुन्तीबाट पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीको विश्वस्त स्रोतले श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिए पनि उहाँलाई पक्राउ गर्नुको कारण बारे भने बताईएको छैन । 

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डूको टोली परिचालन गरिएको केही सञ्चार माध्यमहरुले बताएका छन् । 

श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हुनसक्ने बताईए पनि यसबारे विस्तृत जानकारी आउन बाँकि रहेको छ । 

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update