RayNewsDaily
नेपाल चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै 

हरारे । आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजको सामना गर्दै छ । हरारे स्पोर्ट्स क्लबमा खेलिने खेल नेपाली समय अनुसार मध्यान्न पोने १ बजेदेखि सुरु हुने छ ।

जिम्बावेमा जारी विश्वकप छनोटले नेपाल र  वेस्ट इन्डिजबीच पहिलो पटक कुनै खेल खेल्ने अवसर जुराएको हो । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीविरुद्ध मैदानमा उत्रदै छ ।  वेस्ट इन्डिज सन् १९९५ र १९७९ को एकदिवसीय र ०१२ र २०१६ को टि–२० विश्वकपको च्याम्पियन टोली हो । तुलनात्मकरुपमा नेपाल भन्दा निकै बलियो मानिएको वेस्ट इन्डिजविरुद्ध नेपाली क्रिकेटको स्थर मापन हुने क्रिकेट विश्लेषकहरुको विश्लेषण छ । वेस्ट इन्डिजसँग विश्व स्तरिय खेलाडीहरुको बाहुल्यता छ ।

वेस्ट इन्डिजलाई दुई टि–२० विश्वकप जिताउने कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक हुनु हुन्छ । यस्तो अवस्थामा सम्मान जनक हार पनि नेपालका लागि सिकाईको राम्रो अवसर हुन सक्छ । तर पछिल्लो समय एसोसिएट क्रिकेटमा आफुलाई सबै भन्दा अब्बल प्रमाणित गरेको नेपाल  उत्कृष्ट प्रदर्शनका साथ वेस्ट इन्डिजलाई अप्रत्यासित हार चखाउन तयार छ । 

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुनु हुन्छ । सन् २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गर्नु भएका मोन्टी वेस्ट इन्डिजको सवल र दर्वल पक्ष दुबैसँग परिचित हुनु हुन्छ । यस्तो अवस्थामा प्रशिक्षकका रुपमा आज मोन्टीको भूमिका निर्णायक सावित हुन सक्छ । आजको खेल उहाँको लागि असली परिक्षा हुने छ । 

नेपालको टोली

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।

वेस्ट इन्डिजको टोली

शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update