RayNewsDaily
साफ च्याम्पियनसिपः पहिलो पटक कुवेतलाई पराजित गर्ने नेपालको योजना 

बैंगलोर । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल आज बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ  । प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले आज बलियो टोली कुवेतको सामना गर्ने छ ।


दुई देशबिचको खेल  ३ः४५ बजे देखि सुरु हुनेछ । साविक उपविजेता समेत रहेको नेपाल जित सतिह प्रतियोगिताको सुरुवात गर्ने योजना सहित मैदान उत्रने छ । तर बलियो कुवेतविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन ।


नेपालले हाल सम्म कुवेतलाई पराजित गर्न सकेको छैन । दुई टोली हाल सम्म ९ पटक आमुने सामुने हुँदा कुवेतले ८ खेल जितेको छ भने एक खेल बराबरी नतिजा सहित सकिएको छ ।

यस संस्करणको च्याम्पियनसिपमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गर्दै छन् । त्यस बाहेक प्रतियोगितामा  नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता रहेको छ । 


यस्तै आजै हुने अर्को खेलमा साविक विजेता भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजा गरिइएको छ । नेपालक सम्मेलित समूह ’ए’ मा नेपाल सहित भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 


नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा  असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update