RayNewsDaily
पाकिस्तानको चागईमा झुण्डिएको अवस्थामा भेटिएका पाँच जना ‘अफगानी’ भएको पुष्टि   

क्वेटा, पाकिस्तान / पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको     
    
यद्यपी अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी नलिएको पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले जनाएको     
    
मृत्यु हुनेमा अफगानिस्तानको लस्करगाह निवासी रोजी खान, रहमत उल्लाह, सामी उल्लाह, आगा वली सरदार वली रहेका छन्     
    
शाह फहद बिन सुल्तान अस्पतालका एक अधिकारी मोहम्मद जवादले डनसँग भन्नुभयोमृत्यु भएका पाँचै जना अफगानी नागरिक हुन् अफगानिस्तानको लस्करगाहका बासिन्दा हुन् शवको पहिचान चागई जिल्लाको एक अफगान शरणार्थी शिविर गिर्दी जाङ्गलेका मोहम्मद याह्याको सहयोगमा गरिएको हो     
    
डनका अनुसार शवलाई क्वेटा लगिएको     
    
इरानस्थित प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश अल अदलका प्रमुख नेता मुराद नोटेजाईको हत्याबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका पाँच जना उनीहरू नै हुनसक्ने प्रहरीको अनुमान     
    
स्रोतका अनुसार इरानको सिस्तानबलुचिस्तान क्षेत्रमा सक्रिय उक्त लडाकू समूहले आफ्ना नेताको हत्याको बदलामा ती व्यक्तिहरूलाई अपहरण गरी मृत्युदण्ड दिएको हुन सक्छ     
    
अधिकारीहरूले दलबन्दिनमा फेला परेका पाँच वटा शव हालैको भिडियोमा देखिएका व्यक्तिहरूको हो वा ती असम्बन्धित व्यक्तिहरू हुन् वा फरकफरक घटनामा मारिएका व्यक्तिहरू हुन् भनेर पत्ता लगाउने काम गरिरहेका छन्   एएनआई  

 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update