RayNewsDaily
थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा प्रधानमन्त्रीमा अनुमोदन        
आधिकारिक रूपमा थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा नियुक्तिका लागि शाही अनुमोदन समारोहमा आइपुगेका बेला पेन्टोङ्टार्न सिनावात्रा आफ्ना बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई अँगालो हाल्दै । तस्बिर : एएफपी

बैङ्कक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गर्नुभएको छ ।     
     
सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।     
     
राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।     
     
अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।     
     
संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उहाँको स्थान पेन्टोगटार्नले लिनुभएको हो । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुनुहुन्छ ।     
     
संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उहाँको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।एएनआई    

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update