RayNewsDaily
काभा महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित 

रे समाचार/काठमाण्डाैं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३-० काे साेझाे सेटमा पराजित गरेको हो ।

काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएकाे खेलमा नेपालले पहिलाे सेट २५-१९, दाेस्राे सेट २५-१८ र तेस्राे सेट २५-१९ ले जित्याे । जीतसँगै नेपालले ३ अङ्क जाेडेकाे छ । आजको खेलमा नेपालकी सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको छ । 

अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा आइतवार माल्दिभ्ससँग र चौथो खेलमा सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update