RayNewsDaily
नेपालले जिम्बावेसँग खेल्दै 

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ ।

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नु हुने छ । पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुने छ । विश्वकपको दाबेदार जिम्बावे पनि नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ । नेपालले जिम्बावेसँग एक लिष्ट ए र दुई टि२० आई खेल खेलेका छ । नेपालले कुनैपनि खेलमा जिम्बावेलाई हराउन सकेको छैन ।
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
जिम्बावेको टोली
रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जोंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स । 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update