RayNewsDaily
माफ गर्नु आमा 

-श्रीभक्त पौडेल

 माफ गर्नु आमा 
 म हजुरले चाहेको जस्तो छोरो हुन सकिन
 दोष केही छैन मात्सल्यतामा 
 न दोष पिताका बिर्यका 
 न दोष माताका डिम्बमा 
 न दोष कोखमा
 न दोष जन्म मितीमा दोदोष 
छन् त केवल म मा 
 म भित्र नै 
मेरा सोचमा दोष छन् 
 मेरा बिचारमा दोष छन् 
 म नितान्त लठ्ठक निकम्मा भएँ 
 न घर सम्हाल्न सकेँ 
 न परिवार नै सम्हाल्न सकेँ 
 न आफुँ आफैंलाई सम्हाल्न सकें 
 केवल एक घर बनाउन चाहन्थ्यो ‘श्री’ 
 परिवार भत्किसकेछ पत्तै पाएन उसले ! 
माफ गर्नु आमा 
 म हजुरले चाहेको जस्तो छोरो हुन सकिन 
 न केही कमाउन सक्यो 
 न कतै रमाउन सक्यो 
भयो सदा फिरेन्ते नै 
न डेरा जमाउन सक्यो !
 एती टुटेको छ कि तपाईंको छोरो 
 कति फुटेको छ कि तपाईंको छोरो 
 लाचारहरुले पछारेका छन् 
 बिचारहरुले थचारेका छन् 
 अपाङ्ग बन्यो तपाईंको छोरो 
 सपाङ्गका रहोबरमा !
माफ गर्नुस् आमा 
 यो जुनिमा
 हजुरको दुधको मानितो 
 कोखको ईज्जत 
 काखको सम्मान राख्न सकिन ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update