RayNewsDaily
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ ११ हजार ७८ मतसहित अग्रस्थानमा

रे समाचार काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेवदार सुहाङ नेम्बाङ ११ हजार ७८ मतसहित अग्रस्थानमा रहनु भएको छ ।

मतगणनाको सुरुदेखि नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाईरहनु भएको छ भने रास्वपाको प्रचार अनुसार मत परिणाम अत्यन्त झिनो देखिएको छ । तर धेरै मत गन्न अझै पनि बाँकि रहेकोले यसै हो भन्न सक्ने स्थिती देखिन्न ।

हालसम्मको मत गणनाअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ३ सय २४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update