RayNewsDaily
जनयुद्ध दिवसको बिदा हट्यो

रे समाचार/काठमाडौं । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो ।

गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिनुभयो ।

CCI021220241707720876.jpg

नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९-१२-०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update