RayNewsDaily
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
  • महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुला गर्ने ।
  • उम्मेदवार छनोट र समन्वयका लागि सात उपसमिति गठन ।
  • क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार छनोट गर्न आवेदन खुला गर्ने निर्णय गरेको छ ।

पार्टीले उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सात वटा उपसमितिसमेत गठन गरेको छ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा तोशिमा कार्की र क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोमलाई संयोजनको जिम्मेवारी दिइएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update