- नेप्से ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा ।
- सेयर कारोबार रकम आठ अर्ब ८९ करोड रुपैयाँ ।
- १०२ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको घट्यो ।
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ विन्दुमा कायम भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ विन्दुमा पुगेको छ ।
त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले घटेर १८६ दशमलव ६४ विन्दुमा कायम भएको छ । सेन्सेटिभ फ्लोट सूचक पनि शून्य दशमलव १७ अङ्कले घटेर १६५ दशमलव १६ विन्दुमा झरेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँमा खरिद-बिक्री भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक बढेको छ भने आठ उपसमूहको घटेको छ । आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र लुम्बिनी विकास बैंकलगायतका लगानीकर्ताले कमाएका छन् । मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर र सोपान फार्मास्यूटिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् । रासस
