प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात, सहयोग जुट्ने क्रम जारी
- प्रधानमन्त्रीका दुई कोषमा १८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी मौज्दात
- दैवी प्रकोप उद्धार कोषका नौ वाणिज्य बैंकमा १३ अर्ब ४९ करोड रुपैयाँ
- दुई बैंकका डलर खातामा तीन करोड पाँच लाख अमेरिकी डलरभन्दा बढी
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म दुवै कोषका विभिन्न खातामा कुल १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात रहेको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
