RayNewsDaily
प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन   

काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ ।    
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।    
    
 एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ ।    
    
राससका अनुसार  प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।    
 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update