कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते
- कात्तिक १२ गते दिउँसो २ बजे शपथ ग्रहण समारोह ।
- ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना हुने ।
- नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह ।
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा शपथ ग्रहण समारोह आयोजना हुनेछ ।
उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन अनुरोध गरिएको जानकारी दिनुभयो ।रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
