सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ
- सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घट्यो ।
- चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घट्यो ।
- चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँ कायम ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँ कायम भएको थियो । रासस
प्रकाशित मिति: बुधबार, असोज २८, २०८३ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
