सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
- सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो ।
- चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घट्यो ।
- सुन दुई लाख ९२ हजार २०० र चाँदी चार हजार ३५५ रुपैयाँमा कारोबार ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३५५ रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
