- नेप्से परिसूचक २५९५.८१ विन्दुमा ।
- कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित ।
- धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट ।
रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको हो ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ १० पैसाले बढेर १ हजार २५९ रुपैयाँ पुगेको छ । यसैगरी, स्नो रिभर्सको शेयरमूल्य करिब १४ प्रतिशतले बढेको छ । आज रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ६.२९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको करिब २० करोड रुपैयाँ र साहस ऊर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज पाँचवटाको परिसूचक बढेको छ भने आठवटाको घटेको छ ।
