राष्ट्रपति पौडेलले आज ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
