RayNewsDaily
रसुवा भोटेकोशी बाढी : १,११८ वटा शव फेला परे, ३,५०८ जना अझै बेपत्ता

रे समाचार/काठमाण्डू । रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धारको पछिल्लो विवरणअनुसार भदौ १७ गते बिहान ८ बजेसम्म १ हजार ११८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२४ जना महिला, ३९५ जना पुरुष र ४२३ जनाको आंशिक अंग रहेका छन्।

बाढीपछि ३ हजार ५०८ जना अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ। तीमध्ये २ हजार ९२५ जना नेपाली नागरिक छन्, जसमा २ हजार ४४५ पुरुष र ४८० महिला छन्। त्यस्तै, ५८३ जना विदेशी नागरिकमध्ये २५१ पुरुष, ३३० महिला र २ अन्य छन्।

खोज तथा उद्धारका क्रममा ६ हजार ४११ जनाको उद्धाररघाइते विवरण राखिएको छ। यसमा ४ हजार ७६ पुरुष, १ हजार २२२ महिला र ५३३ जना नखुलेका छन्। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार ५९२ जना परिचालन गरिएको छ भने ६५ जना प्रभावित र २५ जना सम्पर्कविहीन रहेको उल्लेख छ। हालसम्म ९५ वटा शव हस्तान्तरण गरिएको तथा ९११ वटा पहिचान नभएका शवरअंगको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update