RayNewsDaily
चीनले पूर्वसूचना नदिएको आरोपमा चिनियाँ दूतावासको आपत्ति

रे समाचार/काठमाडौँ  । नेपाल-चीन सीमास्थित रसुवागढी-केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबारे चीनले समयमै पूर्वसूचना नदिएको आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले पूर्णतः भ्रामक र असत्य भनेको छ ।

दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा चीनले पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किँदा नेपालमा ठूलो नोक्सानी भएको भन्ने आरोपलाई अस्वीकार गरिएको छ।

चिनियाँ दूतावासको भनाइ

दूतावासका अनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पको झड्काजस्तो हिमपहिरो गएको थियो । त्यसपछि ठूलो पहिरो निम्तिएको र त्यसबाट रसुवागढी-केरुङ सीमा क्षेत्रका नेपाल तथा चीन दुवैतर्फ मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएका थिए ।

दूतावासले विपद्को संवेदनशील समयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा उद्धार तथा राहतमा मिलेर खटिनुपर्नेमा जोड दिएको छ ।

दूतावासले भनेको छ, ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ ।’

 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update