RayNewsDaily
घोराही-तुलसीपुर सडक चार लेन बनाइँदै   

तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ । आज तुलसीपुर उपमहानगरपालिका-१६ मा नेकपा ९माओवादी केन्द्र०ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।    
    
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही-तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताउनुभयो ।    
    
 हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् ।    
    
मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो । रासस
  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update