RayNewsDaily
कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

• सेफ्टी ट्याङ्कीभित्र निस्सासिएर तीन जनाको ज्यान गयो ।
• निर्माणाधीन घरको आँगनमा बनाइएको ट्याङ्कीमा फसेका थिए तीनै जना ।
• शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइयो ।

नेपालगन्ज (बाँके) । बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर तीन जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-३ शान्तिटोलस्थित निर्माणाधीन घरको आँगनमा बनाइएको सेफ्टी ट्याङ्कीभित्र उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ का ४१ वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३४ वर्षीय बिर्जा थारू रहेका छन् । बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक आशङ्का गरिएको छ ।

दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइएको सेफ्टी ट्याङ्कीभित्र उनीहरू फसेको अवस्थामा भेटिएका थिए । प्रहरीले जेसिबीको सहायताले ट्याङ्की फुटाएर आज बिहान तीनै जनाको शव बाहिर निकालेको हो ।

मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update