RayNewsDaily
‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान   

काठमाडौं । ‘हाम्रो ठमेल सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु गरिएको छ ।    
    
 ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो । परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो ।    
    
 “सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।    
    
परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उहाँको भनाइ छ । अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ ।    

 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update