RayNewsDaily
प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव स्थगन    

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस-२०८३’ स्थगन गरेको छ । प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ ।     

प्रतिष्ठानले गत वैशाख १६ गते सूचना प्रकाशित गरी महोत्सवका लागि कविता आह्वान गरेको थियो । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सुमन अधिकारीले अर्को सूचना नआएसम्म महोत्सवका लागि पठाइएका कविताहरू अन्यत्र प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको जानकारी दिनुभयो ।     
     
प्रतिष्ठानका भौतिक संशाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले प्राज्ञ परिषद नहुँदा कविता छनोटका लागि समिति गठनलगायत प्रशासनिक कार्य प्रभावित भएकाले महोत्सव स्थगन गरिएको बताउनुभयो ।     
     
हाल प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिवलगायतका पदाधिकारीको पद रिक्त छ । रासस 
 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update