RayNewsDaily
सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन    

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।     
     
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गर्नुभएको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गर्नुभएको थियो ।     
     
सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाउनुभएको थियो । रासस 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update