RayNewsDaily
प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

काठमाण्डू । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।  बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । रासस

 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update