RayNewsDaily
शेयर बजारमा उच्च गिरावट 

रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ४ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य आज १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक १२.४० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज एएटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update