सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
  • सुन तोलामा ६ हजार ५०० रुपैयाँ सस्तो ।
  • चाँदीको मूल्य पनि १०५ रुपैयाँले घट्यो ।
  • सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम ।

काठमाडौं  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update