नेप्से ८.६६ अङ्कले बढ्यो, कारोबार ६ अर्ब १४ करोड
  • नेप्से परिसूचक २६४७.६१ विन्दुमा कायम ।
  • कारोबार रकम ६ अर्ब १४ करोड रुपैयाँ नाघ्यो ।
  • १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ को घट्यो ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ८.६६ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अङ्कले बढेर ४८४ दशमलव ४५ विन्दुमा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले बढेर १८४ दशमलव ४८ विन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अङ्कले बढेर १६४ दशमलव ५४ विन्दुमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर छ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये तीन उपसमूह बढेका छन् भने १० उपसमूह घटेका छन् । आज १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ । त्यस्तै, आठ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र कालिका लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त संस्था, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मासिटिकल्सका लगानीकर्ताले गुमाएका छन् । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update