मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन
- पूर्ण क्षमतामा ग्यास आयात र बिक्री गर्न आग्रह ।
- भण्डारण क्षमता उपयोग गरी मौज्दात राख्न निर्देशन ।
- भन्सारमा रोकिएका ग्यास बुलेट तत्काल छुटाउन आग्रह ।
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन विभिन्न निर्देशन दिएको हो ।
निगमले सबै एलपी ग्यास उद्योगलाई बजारको मागअनुसार ग्यास आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
