RayNewsDaily
सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय    

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।     
     
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।     
     
Narayan-dutta-Paudel-1777286293.jpg

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल । फाइल तस्वीर

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।     
     
बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update