सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन(बजेट अधिवेशन) आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उहाँले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो ।
अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३ २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
