RayNewsDaily
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई    

घोराही (दाङ) । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।     
आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा ३०-२८ अङ्कले पाल्पालाई पराजित गरेको हो । उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।     
     
प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । रासस  
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update