RayNewsDaily
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य    

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।     
     
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११/११ रन जोडे ।     
     
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए । रासस

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update