RayNewsDaily
इटालीलाई नेपालको १२४ रनको चुनौती

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल २० ओभरको खेलमा १९.२ ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा सीमित भयो । नेपालका आरिफ शेखले सर्वाधिक २७ रन (२४ बल, ३ चौका) बनाए। कप्तान रोहित पौडेलले १४ बलमा २३ रन (२ छक्का) जोड्दा आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाउनुभयो । अन्त्यतिर करण केसीले अविजित १८ रन जोडेर स्कोर उकास्ने प्रयास गर्नुभयो ।

ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुनुभयो भने लोकेश बम ३, गुलशन झा ३ र नन्दन यादव शून्यमा आउट हुनुभयो । सन्दीप लामिछानेले ५ रन मात्र जोड्न सक्नुभयो । नेपाल पछिल्ला ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २७ रन जोड्न सफल भयो ।

इटालीका क्रिशान कलुगामागे सर्वाधिक सफल बलर बन्नुभयो । उहाँले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिनुभयो । बेन मानेन्तीले ४ ओभरमा मात्र ९ रन दिँदै २ विकेट लिएर किफायती प्रदर्शन गर्नुभयो । अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १/१ विकेट लिनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update