काठमाडौं । काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बस आज बिहान रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले जानकारी दिनुभयो ।
प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार करीब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको छ । यात्रुवाहक बसमा कम्ती जना सवार थिए भने खुल्न सकेको छैन । उद्दारकार्य जारी छ ।
उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्था बेश खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ।
