RayNewsDaily
प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना    

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी-२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।     
     
प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताउनुभएको छ ।     
     
आइसिसी टी-२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको छ । विगतमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ ।     
     
सिङ्गो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’भन्नुभएको छ । रासस

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update