RayNewsDaily
आयरल्याण्ड सुपर सिक्समा    

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको खेलमा आयरल्याण्डले नामिबियामाथि सात विकेटको जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको छ ।     
     
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १०७ रन बनायो । नामिबियाका लागि क्यालिन ग्रिनले ३२ तथा विल्का वाटिलले २८ रन बनाइन् । बलिङतर्फ आयरल्याण्डकी जेनी मागुयर र लारा एमब्राइडले तीन/तीन विकेट लिइन् ।     
     
जवाफी ब्याटिङ गर्ने क्रममा आयरल्याण्डले १४ दशमलव दुई ओभरमा दुई विकेटको क्षतिमा ११० रन बनायो । आयरल्याण्डका लागि प्लेयर अफ दी म्याच ओर्ला प्रेनडरगस्टले ३९ र कप्तान ग्याबी लुइसले ३३ रनको योगदान दिइन् । नामिबिया विश्वकप छनोटको समूह चरणबाट बाहिरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update