RayNewsDaily
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु   

बागमती । कुलेखानी-काठमाण्डू सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।    
    
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाण्डूतर्फ गइरहेको मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो ।    
    
दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका-१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाण्डू  मेडिकल कलेजमा उपचार भइरहेको छ ।  रासस  
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update